हावाहुरी आयो, तर सरकार आएन !
धनगढी - सिंहदरबारलाई विदेश भ्रमण हेर्दैमा ठिक्क छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा देशैभरि बजेटको खोलो बगाइँदैछ । तर, कैलाली–कञ्चनपुरमा हावाहुरीले हजारौं घरमा क्षति पुगे पनि न सरकारको नजर पुगेको छ, न त प्रधानमन्त्री रोजगार कार्यक्रमवालाहरु नै घर बनाइदिन पुगेका छन् ।
बिहीबार आएको विनाशकारी हावाहुरीले कैलालीमा मात्रै दुई हजार २१६ घरमा क्षति पुर्याएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले प्...