हाम्रो नाममा स्वीस बैंकमा खाता छैन : अरुणकुमार चौधरी

काठमाडौं– व्यवसायी अरुण कुमार चौधरीले आफ्नो र परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी दर्ता रहेको भनी सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यस्तै सूचनालाई आधार बनाई ३/४ वर्ष पहिला पनि यो विषय बाहिर आएको आएको स्मरण गर्दै त्यसबेला समेत यो विषयमा स्पष्ट पारिसकेको उनले उल्लेख गरेका छन् ।  उनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जुन देशमा हाम्रो परिवारको नाम...

सैनिक जवान बोहराले गरे चिरपट प्रहार गरी श्रीमतीको हत्या

धम्बोझी- बर्दियाको गुलरिया नगरपालिका–५ कृष्णनगर टोलमा एक युवकले आफ्नी श्रीमतीलाई चिर्पटले टाउको हानि सोमबार राति हत्या गरेका छन् ।अन्दाजी ३० वर्षीय मोहन बोहराले श्रीमती सुष्मा कुँवरलाई राति ११ बजेतिर चिर्पट प्रहार गरी हत्या गरेका हुन् । बुटवलस्थित जबरगणमा कार्यरत सैनिक जवान बोहराले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमतीको हत्यापछि भागेर भारततर्फ जाँदै गर्दा बोहरालाई प्रहरीले र...

हिटरले इञ्जिनीयर दम्पतीको ज्यान लिएको घटना नसेलाउँदै काठमाडौँमा हिटर पड्किएर आगलागी

टोखा नगरपालिका–११ भण्डारी टोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगालागी हुँदा लत्ताकपडा, टिभी, ग्यास चुलोलगायत सामग्री जल्दा करीब रु दुई लाख बराबरको मालसामान नष्ट भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भएको छैन । विभिन्न घटनामा संलग्न २४ पक्राउ प्रहरी परिसर काठमाडौँले पछिल्लो चार दिनमा विभिन्न घटनामा संलग्न २४ लाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले...

हिमालपारीको तापक्रम माइनस ७ ! तालहरु जम्न थाले

मुस्ताङ - हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ। ‘तालको पानीसमेत जम्ने गरी चिसो बढेको छ,’ दाहालले भने, ‘बिहानको चिसो झनै बढी छ। माइनस ७ डिग्रीसम्म तापक्रम ओर्लेको छ।’ उनका अनुसार मंसिर अन्तिम साता उच्च हिमाली भेगमा आंशिक मात्रामा हिमपात भए पनि सदरमुकाम जोमसोम आसप...

सेनाद्वारा जाजरकोट–डोल्पा सडक स्तरोन्नतिको काम शुरु

जाजरकोट -नेपाली सेनाले जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्मको सडक स्तरवृद्धी थालेको छ । सेनाले दिएको जानकारी अनुसार सोमबारबाट यो सडकको निर्माण कार्यदलले काम शुरु गरेको हो । डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि छिन्चु–जाजरकोट हुँदै डोल्पाको दुनैसम्म सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खण्ड–खण्ड गर्दै छलगाडसम्म ट्र्याक खोलिसकेको नेपाल...

हुम्लामा हिमपात हुँदा आवत–जावत बन्द, जनजीवन प्रभावित

हुम्ला – आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।  गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका...

हामीले खाने अण्डा शाकाहार हो कि मांशाहार ? वैज्ञानिक निष्कर्ष यस्तो छ ..

काठमाडाैँ - हामीले दैनिक जीवनमा प्रयोग गर्ने अण्डाबारे समाजमा विभिन्न मत सुनिन्छन् । कतिपयले अण्डालाई शाकाहारी भोजन मान्छन् भने कतिले मांशाहार मान्छन् । माछामासु नखाने शाकाहारीहरुले समेत अण्डा खाने गरेको पनि पाइन्छ । तर अर्कोथरीले अण्डा मांशाहारभित्रै पर्ने गरेको तर्क राख्छन् । हालै वैज्ञानिकहरुले अण्डाको जीविकीय बनोट र यसबारेका धारणाहरुको अध्ययनबाट एउटा निष्कर्ष निकालेका छन् । जसअनुसार अण्डा ...

स्वास्थ्यमा खेलबाड : मापदण्ड नपुगेका कम्पनीका औषधि बजारमा

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ। जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ। त्यसैले जिएमपी मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीले उत्पादन गरेका औषधि बिक्रीवित...