सैनिक जवान बोहराले गरे चिरपट प्रहार गरी श्रीमतीको हत्या

धम्बोझी- बर्दियाको गुलरिया नगरपालिका–५ कृष्णनगर टोलमा एक युवकले आफ्नी श्रीमतीलाई चिर्पटले टाउको हानि सोमबार राति हत्या गरेका छन् ।अन्दाजी ३० वर्षीय मोहन बोहराले श्रीमती सुष्मा कुँवरलाई राति ११ बजेतिर चिर्पट प्रहार गरी हत्या गरेका हुन् । बुटवलस्थित जबरगणमा कार्यरत सैनिक जवान बोहराले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमतीको हत्यापछि भागेर भारततर्फ जाँदै गर्दा बोहरालाई प्रहरीले र...

हिटरले इञ्जिनीयर दम्पतीको ज्यान लिएको घटना नसेलाउँदै काठमाडौँमा हिटर पड्किएर आगलागी

टोखा नगरपालिका–११ भण्डारी टोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगालागी हुँदा लत्ताकपडा, टिभी, ग्यास चुलोलगायत सामग्री जल्दा करीब रु दुई लाख बराबरको मालसामान नष्ट भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भएको छैन । विभिन्न घटनामा संलग्न २४ पक्राउ प्रहरी परिसर काठमाडौँले पछिल्लो चार दिनमा विभिन्न घटनामा संलग्न २४ लाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले...

हङकङमा तेल ट्याङ्करमा आगलागी, एकको मृत्यु

काठमाडौँ - हङकङबाट दक्षिणमा एक तेल ट्याङ्करमा आगलागी हुँदा कम्तिमा एक जनाको मृत्यु भएको छ । मट्टितेल बोकेको भेसलमा लाम्मा टापु नजिकै पुगेपछि स्थानीय समय अनुसार ११ः३० बजे आगलागी भएको थियो । आगलागीपछि चालकदलका सदस्यहरु पानीमा हाम फालेका थिए । उनीहरुमध्ये २१ जनाको प्रहरीले उद्धार गरिसकेको प्रहरी प्रवक्ताले जानकारी दिए । त्यस्तै, एक जनाको शव पनि फेला परेको प्रहरीले जानकारी दिएको छ । ...

हिमालपारीको तापक्रम माइनस ७ ! तालहरु जम्न थाले

मुस्ताङ - हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ। ‘तालको पानीसमेत जम्ने गरी चिसो बढेको छ,’ दाहालले भने, ‘बिहानको चिसो झनै बढी छ। माइनस ७ डिग्रीसम्म तापक्रम ओर्लेको छ।’ उनका अनुसार मंसिर अन्तिम साता उच्च हिमाली भेगमा आंशिक मात्रामा हिमपात भए पनि सदरमुकाम जोमसोम आसप...

सेनाद्वारा जाजरकोट–डोल्पा सडक स्तरोन्नतिको काम शुरु

जाजरकोट -नेपाली सेनाले जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत सुंपानीदेखि सदरमुकाम दुनैसम्मको सडक स्तरवृद्धी थालेको छ । सेनाले दिएको जानकारी अनुसार सोमबारबाट यो सडकको निर्माण कार्यदलले काम शुरु गरेको हो । डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि छिन्चु–जाजरकोट हुँदै डोल्पाको दुनैसम्म सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खण्ड–खण्ड गर्दै छलगाडसम्म ट्र्याक खोलिसकेको नेपाल...

हुम्लामा हिमपात हुँदा आवत–जावत बन्द, जनजीवन प्रभावित

हुम्ला – आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।  गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका...