विराट कोहली आइसीसी वर्ष खेलाडी घोषित

विराट कोहली आइसीसी वर्ष खेलाडी घोषित
काठमाडौँ - भारतीय क्रिकेट टोलीका प्रभावशाली कप्तान विराट कोहली ‘आइसीसी वर्ष खेलाडी’ घोषित भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको अवार्ड कार्यक्रममा विराट सन् २०१८ को उत्कृष्ट खेलाडी चुनिएका हुन् । आइसीसी मेन्स क्रिकेटर अफ दि इयर बनेका विराटले टेस्ट र वान डे दुवैको उत्कृष्ट खेलाडीको उपाधि चुमे ।यसैगरी आइसीसीले मंगलबारनै टेष्ट क्रिकेटको ‘ड्रिम टिम अफ दि इयर’...

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती
काठमाडौँ, ८ माघ - संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको शृङ्खला जित्नुनै मुख्य लक्ष्य भएको बताए । नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने यस ...

महिला फुटबल टोलीले मासिक तलबभत्ता पाउने

महिला फुटबल टोलीले मासिक तलबभत्ता पाउने
काठमाडौँ - नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यले मासिक तलबभत्ता पाउने भएका छन्।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को हालै बसेको कार्यसमिति बैठकले महिला टोलीलाई मासिक रु सात हजार तलब र रु तीन हजार भत्ता उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिए । यसअघि राष्ट्रिय महिला टोलीले तलब र भत्ता पाउने गरेका थिएनन् ।  एन्फाले ओलम्पिक महिला फुटबलका लागि एशियन छनोटको दोस्रो चरणम...

प्रशिक्षणबीचमै छाडेर जापानबाट फर्किन् फुपु

प्रशिक्षणबीचमै छाडेर जापानबाट फर्किन् फुपु
टोकियो ओलम्पिकको छनोटको तयारीका लागि जापानमा प्रशिक्षणरत जुडो खेलाडी फुपु ल्हामु खत्री प्रशिक्षणबीचमै छाडेर स्वदेश फर्किएकी छिन् । बाह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा जुडोमा नेपाललाई स्वर्ण दिलाएकी फुपूलाई सम्भावना भएको खेलाडीका रुपमा छनोट गर्दै नेपाल ओलम्पिक कमिटीले वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाएको थियो । गत वर्ष भएको साउथ एशियन जुडो च्याम्पियनशिपलगत्तै ओलम्पिक तयारीका ...

थ्रीस्टारलाई हराउँदै पुलिस च्याम्पियन

थ्रीस्टारलाई हराउँदै पुलिस च्याम्पियन
काठमाडौँ - नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनलमा पुलिसले रुस्लान थ्री स्टार क्लबलाई १–० गोलले हरायो । पुलिसको जीतमा एकमात्र गोल अभिषेक रिजालले गरे । ६४औं मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । उपाधिसँगै पुलिसले २१ लाख रुपैयाँ प्राप्त ...

जीतका बावजुद बार्सा कोपा डेल रेबाट निष्कासित हुनसक्ने

जीतका बावजुद बार्सा कोपा डेल रेबाट निष्कासित हुनसक्ने
काठमाडौँ - पहिलो लेगमा बेहोरेको २–१ को अप्रत्यासित पराजय उल्टाउँदै बार्सिलोनाले लेभान्तेमाथि कोपा डेल रेमा समग्रमा ४–२ को जीत हासिल गरेको छ । दोस्रो लेगमा ३–० को जीत हासिल गर्दै पछिल्लो चार सिजनको विजेता प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाको जीतमा ओसमान डेम्बेलेले दुई तथा लियोनेल मेस्सीले एक गोल गरे । पछिल्ला ५ खेलमा मेस्सीको यो सातौँ गोल हो ।यद्यपि, पहिलो लेगमा अयोग्य खे...

बीपीएल : सन्दीप विकेटविहीन तर सिक्सर्स विजयी

बीपीएल : सन्दीप विकेटविहीन तर सिक्सर्स विजयी
काठमाडौँ - बंगलादेश प्रिमियर लिगमा नेपाली युवा बलर सन्दीप लामिछाने खेलिरहेका छन् । स्यलहेट सिक्सर्समा आबद्ध सन्दीपले आज चित्तागोङ भाइकिङ्सबिरुद्ध दोस्रो खेलमा सहभागी भएका छन् ।पहिलो खेलमा दुई विकेट लिएका सन्दीप दोस्रो खेलमा भने विकेटविहीन रहे । यद्यपि, उनले विपक्षीको रनको गति भने रोक्न सफल भए । ४ ओभर बलिङ गरेका सन्दीपले ५.२५ को औसतमा २१ रन मात्र खर्चिए । सन्दीपले विकेट लिन नसकेपनि सिक्...

मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
विराटनगर - मोरङको बूढीगङ्गा गाँउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।  प्रतियोगिता मोरङ जिल्ला कबड्डी सङ्घको आयोजनामा पुस २७ देखि २९ गतेसम्म हुनेछ । उक्त प्रतियोगितामा भारत, बङ्लादेश, श्रीलङ्का र नेपालका दुई गरी पाँच टिमको सहभागिता रहने सङ्घका जिल्ला अध्यक्ष भुवनेश्वर मण्डलले जानकारी दिए । प्रतियोगितामा नेपालबाट आर्मी र राष्ट्रिय टिम सहभागी हुनेछन् । विजयी टिमलाई...

मेस्सी र स्वारेजको गोलमा बार्सिलोना विजयी

मेस्सी र स्वारेजको गोलमा बार्सिलोना विजयी
काठमाडौँ - स्टार स्ट्राइकर कप्तान लियोनल मेस्सी र स्वारेज चम्किएपछि स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले गेटाफेलाई २–१ गोलले हराएको छ । गेटाफेको घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सबै गोल पहिलो हाफमा सम्भव भएको थियो ।  खेलमा बार्सिलोनाले मेस्सीको गोलमा खाता खोलेको थियो । मेस्सीले २०औं मिनेटमा गोल गर्दै बार्सिलोनाको उत्साह बढाए । ३९औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बा...