नेपाललाई चौथो सफलता, पारसले लिए विकेट

नेपाललाई चौथो सफलता, पारसले लिए विकेट
कठमाडौं - युएई विरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । कप्तान पारस खड्काले चौथो विकेट लिएका हुन् । यसअघि नेपाली बलरहरु सन्दिप लामिछानेले घुलाम सब्बरलाई १८ रनमा, करन केसीले युएईका चिराग सुरी र सोमपाल कामीले अस्फाक अहमदलाई शून्य रनमा आउट गरेका थिए । टस जितेर नेपालले युएईलाई ब्याटिङको निम्तो दिएको हो । युएई र नेपालबीचको एकदिवसीय सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपालले युए...

नेपालको राम्रो प्रदर्शन:१५ ओभरमा यूएईले २ विकेट गुमाएर ३० रन

नेपालको राम्रो प्रदर्शन:१५ ओभरमा यूएईले २ विकेट गुमाएर ३० रन
काठमाडौं - सोमवार यूएईमा जारी तेस्रो अन्तराष्ट्रिय क्रिकेटमा अहिले सम्म नेपालको प्रदर्शन राम्रो देखिएको छ । नेपालका सोमपाल कामी र करण केसी हाबी भएका छन् । अहिले सम्म भएको १५ ओभरको खेलमा यूएईले २ विकेट गुमाएर ३० रन जोडेको छ । नेपालका सोमपाल कामी र करण केसीले १÷१ विकेट लिएका छन् । सोपमालले ५ ओभरमा ३ मेडन राख्दै ७ रन दिएर १ विकेट लिएका थिए । करणले ६ ओभरमा २ मेडन राख्दै १३ रन दिएर १ विकेट लिएका छन् ।...

उपाधितर्फ लम्कँदै डर्टमण्ड

उपाधितर्फ लम्कँदै डर्टमण्ड
एजेन्सी - बोरुसिया डर्टमण्ड जर्मन बुन्डेस लिगाको उपाधितर्फ लम्किएको छ । लिगको शीर्ष स्थानमा रहेकाे डर्टमण्डले शनिबार राति भएको खेलमा हानओभरलाई ५–१ गोलले हरायो । जितसँगै डर्टमण्डले १९ खेलबाट ४८ अंक बनाएको छ । डर्टमण्ड दोस्रो स्थानमा रहेको बोरुसिया मोन्चेङलाडबाचभन्दा नौँ अंकमाथि छ । मोन्चेङलाडबाचले समान खेलबाट ३९ अंक बनाएको छ । घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन आर्च्रफ हाकिमीले २४ औं, मार्को रीउ...

विश्व कीर्तिमान बनाएका युवा क्रिकेटर रोहितलाई प्रधानमन्त्रीको बधाई

विश्व कीर्तिमान बनाएका युवा क्रिकेटर रोहितलाई प्रधानमन्त्रीको बधाई
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान राख्न सफल क्रिकेटर रोहितकुमार पौडेललाई आज बधाई दिनुभएको छ । नमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकामा रोहितलाई बधाई दिनुभएको हो । प्रधानमन्त्री ओलीले ट्वीटरमा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएक...

रामोसको दुई गोलमा रियल विजयी

रामोसको दुई गोलमा रियल विजयी
काठमाडौँ - स्पेनिस कोपा डेल रे फुटबलमा रियल म्याड्रिडले गिरोनामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा बिहिबार राती भएको क्वार्टरफाइनलको पहिलो लेगमा रियलले गिरोनालाई ४–२ गोलले हरायो । रियलले गिरोनाको सुरुवाती अग्रता उल्टाएको थियो । रियलको जितमा कप्तान सर्जियो रामोसले दुई गोल गरे । लुकास भाजक्वेज र करिम बेन्जिमाले एक–एक गोल गरेका थिए । गिरोनाका एन्थोनी लोजानो र एलेक्स ग्रानेलले एक–एक गोल गरे । सात...

नेपाल भर्सेस यूएई क्रिकेटः नेपाललाई अर्को झट्का, विनोद भण्डारी पनि आउट

नेपाल भर्सेस यूएई क्रिकेटः नेपाललाई अर्को झट्का, विनोद भण्डारी पनि आउट
काठमाडौं - नेपाल र ईएईबीचको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले खराब शुरुआत गरेको छ । शून्य रनमा ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले अर्का ओपनर विनोद भणडरीलाई स्कोर १६ पुग्दा गुमाएको छ । दुबईको आईसीसी एकेडमी मैदानमा शुरु खेलमा नेपालले पहिला ब्याटिंग गरिरहेको छ । यूएईका कप्तान मोहम्मद नाभेदले टस जितेर नेपाललाई ब्याटिंगको निम्तो दिएका छन् । तीन खेलको सीरिज शुक्रबार शुरु भएको हो । नेपालले अन्तर्...

यूएईमा पसिना बगाउँदै नेपाली क्रिकेट टीम

यूएईमा पसिना बगाउँदै नेपाली क्रिकेट टीम
काठमाडौं - आगामी शुक्रबार शुरु हुने नेपाल र सँयुक्त अरब इमिरेट्स (यूएई) एक दिवसीय क्रिकेट श्रृंखलाका लागि नेपाली टीम यतिबेला यूएईमा छ । खेल शुरु हुनुभन्दा दुई दिन पहिला बुधबार टीमले यूएईमा अभ्यास गरेको छ । अभ्यासमा नेपाली टीमका सबै सदस्यले सक्रियता देखाएका छन् । कप्तान पारस खड्का देखि नयाँ अनुहार सन्दीप जोरालेसमेत नेटमा ब्याटिंग र बलिंगको अभ्यास गरे । नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको म...

डिबालालाई रियल भित्र्याउन ९ करोड पाउण्डको अफर

डिबालालाई रियल भित्र्याउन ९ करोड पाउण्डको अफर
एजेन्सी - युभेन्टसका स्टार खेलाडीलाई आगामी सिजन क्लबमा भित्र्याउन रियल म्याड्रिडले ९ करोड पाउण्डको अफर गर्ने तयारी गरेको छ । सन् २०१५ मा आबद्ध भएयता २५ वर्षीय फरवार्डले टुरिनमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । यस क्रममा उनले ११५ खेल खेल्दै ५४ गोल गरिसकेका छन् । यो सिजन खराब दौरबाट गुज्रिरहेको रियलले आगामी सिजन टोलीलाई पुनःसंरचना गर्ने तयारी गरिरहेको छ ।यसका लागि डिबला पहिलो रोजाइँमा परेका छ...

अमेरिकामा ‘भिडियो गेम’ को व्यापार ४४ अर्ब डलर

अमेरिकामा ‘भिडियो गेम’ को व्यापार ४४ अर्ब डलर
सान फ्रान्सिस्को – ‘फोर्टनाइट’, ‘पोकेमोन गो’ समेतका लोकप्रिय ‘भिडियो गेम’ उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो । इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि भएको छ । ...

बोयटाङले लगाए बार्सिलोनाको जर्सी

बोयटाङले लगाए बार्सिलोनाको जर्सी
एजेन्सी - स्पेनिस पावर हाउस बार्सिलोनाले मिडफिल्डर केभिन प्रिन्स बोयटाङलाई टोलीमा अनुबन्ध गरेको छ ।घानाका ३१ बर्षीय बोयटाङलाई बार्सिलोनाले यस सिजनका लागि लोनमा भित्र्याएको हो । बार्सिलोनाले सोमबार राती पत्रकार सम्मेलनमार्फत बोयटाङलाई सार्वजनिक गरेको थियो । आक्रामक मिडफिल्डरको रुपमा बोटेङलाई टोलीमा समावेश गरेकोे पनि बार्सिलोनाले जनाएको छ ।इटालीको ससौलोबाट लोनमा बार्सिलोना आइपुगेका बोटेङलाई सिजनको ...