सोल्टी होटेलको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कति छ नगद र बोनस सेयर
काठमाण्डौ, सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ ।
सोल्टी होटेलले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल २६.३१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जसमा चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १ करोड ९ लाख ९० हजार १३१ कित्ता बोनस सेयर र ११.३१ प्रतिशतले हुन आउने ८ करोड २९ लाख ८ हजार २ रुपैयाँबराबरको नगद लाभांश रहेको छ...