स्वास्थ्य क्षेत्रमा उदाएको दुई दशकपछि ह्याम्स हस्पिटलको व्यवस्थापन पक्ष फेरिएको छ । ख्याति प्राप्त चिकित्सकलाई एकजुट गराएर सुलभ रूपमा उपचार गराउन ह्याम्प हस्पिटलको व्यवस्थापनमा परिवर्तन गरिएको छ । वरिष्ठ पेट रोग विशेषज्ञ डा. मधु घिमिरेले सञ्चालनमा ल्याएको ह्याम्स हस्पिटललाई बानेश्वर बुद्धनगरबाट धुम्बाराहिस्थित मण्डिखाटार रोडछेउ आफ्नै भवनमा सञ्चालन गरिएको छ ।
नयाँ व्यवस्थापनसहित स्वास्थ्य सेवामा फरक तरिकाबाट उदाएको ह्याम्सले निजी हस्पिटलको बुटिकका रूपमा स्थापित हुने लक्ष्य लिएको छ । ह्याम्स हस्पिटल नागरिक माझ स्वास्थ्य सेवाको साथमा आएको दुई दशकभन्दा बढी भयो ।

नयाँ व्यवस्थापनसँगै हस्पिटललाई नागरिकले पत्याएका चिकित्सकहरू ह्याम्समा भएको हुँदा स्वास्थ्य सेवामा समस्या नभएको अस्पतालका सञ्चालक रामशरण भण्डारी बताउँछन् । ह्याम्सको नयाँ भवन निर्माणको क्रममा पनि हस्पिटल सञ्चालन गर्ने तरिकाले निर्माण गरिएको छ । ह्याम्स अन्य निजी हस्पिटलभन्दा नितान्त फरक भएको सञ्चालन भण्डारी बताउँछन् ।

नयाँ भवनमा ओटी, आईसीयू, सीसीयूको उचाइ स्वास्थ्य क्षेत्रमा तोकिएको नियमअनुसार राखिएको छ । यस्तै हस्पिटलको इक्विपमेन्ट पनि अन्य हस्पिटलभन्दा फरक भएको हुँदा सेवामा विकसित देशले प्रदान गर्नेजस्तै स्वास्थ्य सेवा रहेको हस्पिटलको भनाइ छ ।

अहिले ह्याम्समा २५ वटा विभाग छन् । हस्पिटलका सञ्चालक रामशरण भण्डारी भन्छन्, ‘नेपालमा निजी हस्पिटलले सेवा प्रदान गर्न थालेको धेरै लामो समय भएको छैन् तर छोटो अवधिमा धेरै निजी हस्पिटलहरू सञ्चालन भइकेका छन् । अब नागरिकले रोजेर उपचार गर्न सक्ने छन् । सुलभ मूल्यमा ह्याम्समा उपचार गर्न सकिने छ ।’

हाल देशमा नै नाम चलेका चिकित्सकहरू ह्याम्समा कार्यरत छन् । कार्डियोलोजी विभागअन्तर्गत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, डा. मनबहादुर केसी, डा. दिवाकर शर्मा, डा. रोशन राउत, डा. मुकुन्द शर्मा रहेका छन् । पल्मोनोलोजी तथा क्रिटिकल केयरतर्फ डा. अर्जुन कार्की, डा. राजु पङ्गेनी, डा. रक्षा पाण्डे, डा. हेमराज पनेरु, डा. सविन कोइरालाले सेवा प्रदान गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया