अमरगढी- डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ।

दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार रातिदेखि यातायात सेवा चलेको छैनन्।

डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउले बजारलगायत क्षेत्रमा करीब चार इन्च बाक्लो हिउँ जमेको छ।

राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बूडरबाट डोजर मगाइ सडक खुलाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको हिउँ हटाउने र सडक खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। यस वर्ष यस क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो।

तपाईको प्रतिक्रिया