काठमाडौं– व्यवसायी अरुण कुमार चौधरीले आफ्नो र परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी दर्ता रहेको भनी सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यस्तै सूचनालाई आधार बनाई ३/४ वर्ष पहिला पनि यो विषय बाहिर आएको आएको स्मरण गर्दै त्यसबेला समेत यो विषयमा स्पष्ट पारिसकेको उनले उल्लेख गरेका छन् । 

उनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दा समेत प्रष्ट हुन्छ ।’

ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने बेलाको सहज व्यवस्थाको फाइदा उठाई कोही कसैले आफूहरुको नाम दुरुपयोग गरेको भए, बरु त्यो छानविनको विषय बन्न सक्ने उनको विज्ञप्तिमा उल्लेख छ ।

खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस(आईसीआईजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा चौधरी र उनका परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरेपछि अरुण कुमार चौधरीले यो खण्डन गरेका हुन् ।

खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस(आईसीआईजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा म र मेरा परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस्तै सूचनालाई आधार बनाई ३÷४ वर्ष पहिला पनि यो विषय बाहिर आएको थियो, त्यसबेला समेत हामीले यो विषयमा प्रष्ट पारेको सर्वविदितै छ । सीआइजेको रिपोर्टमा उल्लेख भएको कम्पनी १५ वर्ष पहिला खुलेको र ६÷७ वर्ष पहिला स्ट्राइक अफ भइसकेकोछ ।

यस विज्ञप्तिमार्फत म र मेरो परिवारको सो कम्पनीमा कुनै पनि आबद्धता र सरोकार नभएको जानकारी गराउँदछु । जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दा समेत प्रष्ट हुन्छ ।

तपाईको प्रतिक्रिया