टोखा नगरपालिका–११ भण्डारी टोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगालागी हुँदा लत्ताकपडा, टिभी, ग्यास चुलोलगायत सामग्री जल्दा करीब रु दुई लाख बराबरको मालसामान नष्ट भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भएको छैन ।

विभिन्न घटनामा संलग्न २४ पक्राउ

प्रहरी परिसर काठमाडौँले पछिल्लो चार दिनमा विभिन्न घटनामा संलग्न २४ लाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले लागुऔषध कारोवारीमा संलग्न रहेको आरोपमा १०, ठगी प्रकरणका १० र अन्य विभिन्न घटनामा संलग्न रहेका चार जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

फेसबुकबाट सन्देश पठाई ठगी गर्ने पक्राउ

यस्तै चिट्ठा प¥यो भन्दै भाइवर, फेसबुकमा सन्देश पठाउँदै आइएमइमार्फत लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी परिसरले जनाएको छ । पक्राउ पर्नेमा खोटाङका इन्द्रबहादुर पुरी, टीकाराम भुजेल र लेखबहादुर खड्का छन् । उनीहरुको साथबाट प्रहरीले रु ५० हजार बरामद गरेको छ । उनीहरुले आइएमइबाट रु छ लाख निकालेको अनुसन्धानमा खुल्न आएको जनाइएको छ ।

काठमाडौँको गोङ्गबुबाट रु २३ हजार डलरजस्तो देखिने कागजको बिटासहित सिन्धुलीका कुमसिंह घिसिङ र सोही ठाउँका प्रेमबहादुर तामाङलाई सोमबार पक्राउ गरी अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुले रु दुई लाखभन्दा बढी ठगेको खुल्न आएको र काठमाडौँका विभिन्न स्थानमा डलर साटिदिन्छु भनी एकान्तमा लगि लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।

यस्तै तीन वटा नागरिकता बनाई सामान गठी गर्ने धनगढीका वासुदेव मैनाली पक्राउ परेका छन् । उनले रामचन्द्र शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीको नाममा नागरिकता बनाई नाम परिवर्तन गरी रु ४० लाखभन्दा बढी ठगी गरेको खुल्न आएको छ । उनीहरुले ठूला व्यापारी भनी विभिन्न स्थानबाट टिभी, फ्रिज, जेनेरेटर विदेशी मदिरा लिई चेक दिई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । यता वैदेशिक रोजगार विभागमा विचौलिया गर्दै आएका सात जनालाई समेत आज प्रहरीले पक्राउ गरेको छ । उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडाँैले जनाएको छ ।

तपाईको प्रतिक्रिया