विराटनगर – मोरङको बूढीगङ्गा गाँउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । 

प्रतियोगिता मोरङ जिल्ला कबड्डी सङ्घको आयोजनामा पुस २७ देखि २९ गतेसम्म हुनेछ । उक्त प्रतियोगितामा भारत, बङ्लादेश, श्रीलङ्का र नेपालका दुई गरी पाँच टिमको सहभागिता रहने सङ्घका जिल्ला अध्यक्ष भुवनेश्वर मण्डलले जानकारी दिए ।

प्रतियोगितामा नेपालबाट आर्मी र राष्ट्रिय टिम सहभागी हुनेछन् । विजयी टिमलाई नगद पुरस्कारसहित शिल्ड प्रदान गरिने जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया