रसुवा –सुजन तामाङ्ग (लपेन)
सामाजिक अभियन्ता नर्स प्रतिमाद्धारा सार्की छिरिङको लागि आर्थिक सहयोगको अपिल गरेकी छिन् । दुवै मृगौलामा समस्या भएका सार्की छिरिङका लागि उपचार खर्च जुटाउन आर्थिक सहयोग गर्न अपिल गरेकी हुन् । रसुवाको “स्वास्थ र शिक्षित समाज निर्माण” अभियानका चर्चित सामाजिक अभियन्ता नर्स प्रतिमाले दुवै मृगौलमा समस्या भएका सार्की छिरिङ थोक्रा बचाऊ अभियान संचालन सुरू गरेकी हुन् ।

सार्की छिरिङ बचाउ अभियानमा लागेका यार्साका स्थानिय अभियन्ता सुरेश थोक्रा र डिल्लरामले पहिले देखि अभियान संचालन गरिरहेका थिए । उनै स्थानिय अभियन्ता सुरेश थोक्रा र डिल्लीरामले नर्स प्रतिमालाई उपचारको लागि अभियान संचालन गरि बिरामीलाई सहयोग गर्न अनुरोध गरे पछि रसुवा कै चर्चित सामाजिक अभियान्ता नर्स प्रतिमाले बिरामीलाई भेटेर वास्तविक अवस्था बुझेर आफुले अभियान संचालन गरेको बताइन् । साबिक यार्सा गा.वि.स. वडा नं. १, हाल नौकुण्ड गाँउपालिकावडा नं. – २ यार्सा बसोबास गर्ने ४१ वर्षे सार्की छिरिङ्ग थोक्राको दुवै मृगौला फेल भएको छ।

बिरामीको दुवै मृगौला फेल भएको र त्यस्तो अवस्थामा बिरामी भए पछि आफ्नै पत्नी पनि बिरामीको स्याहारसुसार र उपचार गर्नुको साट्टो बिरामीलाई छोडेर गएको र आर्थिक रूपले निकै कमजोर रहेका ४१ वर्षे सार्की छिरिङलाई बचाउन उनको उपचारको लागि आर्थिक सहयोग गर्न सम्पूर्ण मनकारी महानुभावहरूमा नर्स प्रतिमाले अपिल गरेकी छिन् ।

सार्की छिरिङ तामाङ पेशाले पहिले गाडी चालक थिए । त्यही पेशाबाट आफ्नो परिवारको खर्च चलाउथे तर त्यही दैनिकी काम गरेर खानु पर्ने मान्छे नै अहिले बिरामी भए अहिले धेरै समस्या भएको नर्सले बताईन । झन बिरामी पनि हुनु आफ्नै जीवन साथीले साथ छोडे पछि अवस्था नाजुक हुने नै भयो । बिरामी अहिले नियमित रूपमा नेपाल मेडिकल हस्पिटलमा डाईलेशिस गरिरहेका छन् ।

अभियान्ता नर्स प्रतिमाले भनेकी छिन् कि, तपाई हाम्रो सानो सहयोगले उहाँको अमुल्य जीवन बचाउन सकिन्छ भने किन नगर्ने ? साथै, नर्स प्रतिमाले फेसबुक स्ट्याटस हाल्दै सार्की छिरिङ थोक्रालाई बचाउनको लागि कोही मनकारी महानुभावहरू सहयोग गर्न चाहनुहुन्छ भने आफु र अभियानमा लागेका सुरेश थोक्रा, डिल्लीराम तमाङ भुज्यूङ तमाङ लगायत जो कोहीसँग सम्पर्क गर्न सकिने बताउनु भएको छ।

साथै नर्सले स्ट्याटस हाल्दै सहयोग गरेको सबै पैसाको पारदर्शीताको साथ सबैको नाम र खर्च विवरण फेसबुकमा सबैलाई ट्याग गरेर पोष्ट गर्ने र त्यी सहयोग रकम बिरामीलाई हस्तान्तरण गरेको सबैले देख्ने गरी भिडियो प्रदर्शन गर्ने पनि बताएकी छिन् ।

अभियन्ता नर्स प्रतिमाको विगतको धेरै राम्रा राम्रा कामहरूको मुल्यांकनको आधारमा उहाँलाई विश्वास गरेर देश र विदेशबाट समेत सहयोगहरू आइरहेको उनको फेसबुकमा दैनिक प्रकाशित स्टयाटसमा देख्न सकिन्छ ।

नर्स प्रतिमाले समय अनुसार रसुवाका हर जनताको हर सुख दुखमा साथ दिदै आईरहेका छन । तसर्थ उहाँ रसुवाको एक रोलमोडलको रूपमा स्थापित छिन । यसरी उहाँको उदाहरणीय कार्यहरूबाट रसुवाली जनता सबै खुशी देखिन्छन् ।

तपाईको प्रतिक्रिया