काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारे संगै काठमाडौं बाहिर आवत–जावतमा भने थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै काठमाडौं आवतजावतमा यसअघिको भन्दा थप कडाइको नियम ल्याएको छ।

अबदेखि काठमाडौँ जिल्लाबाहिर जाने अत्यावश्यक काम दाह -संस्कार, कर्मचारीको सरुवा भई जानुपर्नेलगायत सवारी साधनलाई पनि अत्यावश्यक कामको प्रयोजन स्पष्ट खुल्ने कागजपत्र अनिवार्य पेस गर्नुपर्ने भएको छ । साथै सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस अनिवार्य रुपमा पेश गरी सम्बन्धित व्यक्ति स्वयम् उपस्थित हुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया