काठमाडौं – देश कोरोनाको कारणले गर्दा बिषम परिस्थीतिमा गुज्रीरहेको र लाखौँ-लाख मानिसहरु बेरोजगार भई गास,बास, कपास लगायतका सबै चिजहरु गुमाई रहेको अबस्थामा नेपाल शेर्पा विद्यार्थी संघले सहयोग गरेका छन् ।

‘सेवा नै धर्म हो’ सामजिक कार्य हामी सबैको दायित्व र कर्तब्य हो र हाम्रो सानो सहयोगले मानिस जिबनको रक्षा हुने हेतूले नेपाल शेर्पा बिध्यार्थी संघ ले बिशेष गरी सडकमा भोक – भोकै अवस्थामा जिबन गुजार्न बाध्य मानिसहरुलाई लक्षित गरि सञ्चालन गरिएको नेपाल शेर्पा विद्यार्थाी संघका महासचिव अभियानका संयोजक पासाङ शेर्पाले बताए ।

पहिलो दिन बौद्ध, तिन्चुली, पिपलपोट, चाबहिल, पशूपति, जोरपाटी, नारायणटार, गोकर्ण र टुसाल लगायतका क्षेत्रहरुमा नेपाल शेर्पा बिध्यार्थी संघले सडक मानिसहरुलाई खाना-पानी बाडेर कार्यक्रमलाई अघि बढाएको छ। संघले सन्चालनमा ल्याएको यस कार्यक्रम मार्फत सडकमा सयौंको संख्यामा भोकभोकै अवस्थामा रहेको मानिसहरुको लागी केही राहत मिल्ने अपेक्षा लिएको छ । कार्यक्रम ३ दिनलाई लक्षीत गरी सन्चालनमा ल्याइता पनी यदि सहयोगी हात हरु अघि बढेको खन्डमा कार्यक्रम निरन्तर हुने कार्यक्रम सम्योजक संघका महासचिब शेर्पाले बताउनु भयो ।

सहयोग गर्न चाहनुहुन्छ भने – :9810303771

तपाईको प्रतिक्रिया