काठमाडौं – नेपालमा कोभिड–१९ का एकहजार ८१ सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेको हो ।

प्रवक्ता डा. गौतमले हालसम्म ३३ हजार ८८२ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केको बताउनुभयो । पछिल्लो चौबीस घण्टामा नौसय १८ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ। अहिले होम आइसोलेसनमा सात हजार ३७ रहेका छन् भने संस्थागत आइसोलेसनमा सात हजार ९८८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ। योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ।

तपाईको प्रतिक्रिया