काठमाडौं – सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने बताए पछि मन्त्री खतिवडाले राजीनामा दिनुभएको हो । 

मन्त्री खतिवडाले आफूले जग बसालेर बिदाइ भए पनि त्यसलाई निरन्तरताको जिम्मेवारी कर्मचारीमा रहेको समेत बताएका छन् । तत्कालिन मन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिएपछि डा. खतिवडाले २०७६ साल फागुन ११ गते सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले अर्थ मन्त्रालयमा दुई वर्ष ६ महिनाभन्दा बढी र सञ्चार मन्त्रालयमा ७ महिना जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया