काठमाडौं – बालगायक अग्रज भट्टराईको स्वरमा ‘नभाग पुतली’ बोलको गीत सार्वजनिक भएको छ।

डा. कृष्णहरि बरालको शब्द रहेको गीतमा प्राज्ञ तथा वरिष्ठ गायक शान्तिराम राईले संगीत भरेका छन्।

गायक अग्रजको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा पुतली कसरी राम्रो बन्यो भनेर प्रश्न गरेका छन्। साथै पुतली र मानव बीचको प्रेम सम्बन्धका बारेमा चर्चा छ।

सानै उमेरदेखि संगीतमा रुची राख्ने अग्रज बहुप्रतिभाशाली साथै अध्ययनमा पनि उत्तिकै अब्बल छन्। उनी संगीतको आदर्श र प्रेरणाको स्रोत गुरु क्षितिज कुलुङलाई मान्छन्। यो उनको पाँचौं गीत हो।

भिडियो…

तपाईको प्रतिक्रिया