काठमाडौं – नेपाल आईडलबाट चर्चामा आएकी गायका स्वस्तिका ढकालको स्वरमा रहेको ‘कसले भन्यो तिमीलाई ’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको शब्द रहेको छ भने अर्जून पोखरेलले संगीत गरेका हुन् । एरेन्ज रिदम कडेल र मिक्सिङ साजन शाहको छ ।

गायिका स्वमंको फिचरिङ र परिकल्पना रहेको भिडियोलाई छायांकन अनिश आयु बाबाको र सम्पादन शुसिल शेसा ले गरेका हुन् । नेपाल आईडल सिजन ३ मा मेलोडियस प्रस्तुति दिएर सर्वाधिक चर्चामा आएकी स्वस्तिका मकवानपुरको हेटौँडा ८ कमाने निवासी हुन् । उनी केही वर्षयता विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि व्यस्त भइरहेकी छन् ।

भिडियो….

तपाईको प्रतिक्रिया