अविन लिम्बू

काठमाडौं – नव लेखिका रिमा भट्टराइद्धारा लिखित ‘मेरो बुबा ’ नामक पुस्तक राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ ।

प्रमुख अतिथि पुर्व मन्त्री उर्मिला अर्यालले सार्वजनिक गर्दैै नेपाली समाजमा पुरानै प्रवृति हावि भएकाले नयाँ सृजना अहिलेको आवश्यकता रहको बताइन् । लेखिकाले नयाँ सोचका साथ समाजमा भएका बिसंगति, बिकृतिमा लिप्त युवाहरुलाई घुमाउरो पारामा प्रहार गर्नुका साथै कुनै पनि ब्यक्तिको सफलताको पछाडी परिवारमा आमा र बुवाको ठुलो हात रहने कुरा यो पुस्तक रहेको उल्लेख गरिन्। त्यसै गरी उद्घोषक भागिरथ पोखरेल र समाजसेवी तथा राजनीतिज्ञ नबिन्द्र थिङले पनि आफ्ना धारणा राखेका थिए ।

लेखिका भट्टराईले महिलाका समस्या,देशका आन्तरिक समस्या,साथी संगतको प्रभाव,गाउँ घरका याद,कुलथानी उत्पत्ति ,बुबाको भोगाई र विचार लगायतका विषय पुस्तकमा समेटेका छन् । बाल्यअवस्था देखि अहिलेसम्म आफ्नो जिवनमा आएका उतारचढावलाई पनि रिमाले लेख्ने कोशिस गरेकी छ्न्। आमाको बारेमा धेरै लेखिन्छ,पढिन्छ तर बुबाको बारेमा तुलनात्मक रुपमा धेरै कम नै लेखिन्छ। बुबालाई केन्द्रमा राखेर परिवार र पारिवारिक सम्बन्धको विवेचना गर्दै लेखिकाले आमाको बराबर नै बुबाको महत्व हुने कुरा प्रष्टयाउन खोजेकी छन्।

भिडियो…..

तपाईको प्रतिक्रिया