काठमाडौं – बाल गायक अग्रज भट्टराईको स्वरमा ‘बादलमा बुट्टा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा कवि तथा गीतकार टंक भट्टराईको शब्द र प्राज्ञ तथा वरिष्ठ गायक तथा संगीतकार शान्तिराम राईको संगीत रहेको छ ।

गायक अग्रजको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा प्रकृतिसँग सम्बन्धित विभिन्न विषयमा बाल जिज्ञासा राखिएको छ ।

यसअघि अग्रजको स्वरमा ‘सबै भन्छन्’ बोलको गीत सार्वजनिक भएको थियो ।

भिडियो….

तपाईको प्रतिक्रिया