काठमाडौं – गायिका मिलन नेवार र गायक तथा संगीतकार राजनराज सिवाकोटीको स्वरमा रहेको गीत ‘तिमी उता म यता’ सार्वजनिक भएको छ ।

गायक सिवाकोटीकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा गायक गायिकाले नै अभिनय गरेका हुन् । बाल कलाकारको रूपमा राजनराजकी छोरी आरिश्मा सिवाकोटीले अभिनय गरेकी छन्।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा राजेश पुमा राइले निर्देशन गरेका हुन् भने सम्पादन बिकास दाहालको रहेको छ ।

भिडियो…….

तपाईको प्रतिक्रिया