काठमाडौं – गायक मान तबेबुङ नाजमको शब्द तथा स्वरमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई यादन सेर्माले संगीत गरेका हुन् ।

‘तरेमे’ बोलको गीतलाई नर्थइयष्ट इण्डियाको असममा छायांकन गरिएको छ । मोनाबारी विश्वनाथ आसमका भीम नेयोङहाङ सुब्बा र अल्पना इङ्वाबा सुब्बाको अभिनय रहेको छ भने कोरियोग्राफर अञ्चल पयाङ्गोले गरेका हुन्।

जसमा रौता उदलगुरीका अञ्च पयाङ्गो, मोनाबारी विश्वनाथका ममता इङ्वावा, बिन्ति फाबेन, अन्जना मादेन खेवा, उर्मिला नेयोङहाङ पनि कलाकारको रुपमा छन् । त्यसैगरी मोनाबारीकै जीतलाल साँवा लिम्बू, मनिकुमार तिल्लिङ र मिजिका विश्वनाथका टेकबहादुर तिल्लिङलाई पनि भिडियोमा देख्न सकिन्छ ।

लोकेन साँवाको निर्देशन रहेको भिडियोमा छायांकन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विपिन भाटले गरेका हुन् ।

भिडियो….

तपाईको प्रतिक्रिया