बुटवल – कार दुर्घटनामा परी न्यूज २४ टेलिभिजनका रुपन्दहीस्थित टिभी जर्नलिष्ट कृष्णबाबु पाण्डेको निधन भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडकखण्डको तिलोत्तमा-१ ड्राइभरटोलमा मध्यराती भएको सवारी दुर्घटनामा परी पाण्डेको मृत्यु भएको हो।

मध्यराती बुटवलदेखि आफ्नो निवास नयामिलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आँफैले चलाएको कार दुर्घटनामा परी घाइते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो। ३० वर्षीय पाण्डेको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा मृत्यु भएको हो। कार सडक किरानाको फलामे बारमा ठोक्किएकाे बताइएकाे छ । पोष्टमार्टमका लागि पाण्डेको शवलाई अहिले लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध पाण्डे दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय गरेका थिए।

तपाईको प्रतिक्रिया