काठमाडौं – समाजवादी पार्टीकी सांसद सरिता गिरी संसद बैठकबाट बाहिरिएकी छन् । 

सभामुख अग्नि सापकोटाले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी हुन्।

संविधान संशोधन गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न नहुने संशोधन प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराएकी उनले आफूले संसदमा सुरुमा बोल्न पाउनुपर्ने माग गरेकी थिइन् ।

सभामुख सापकोटाले बैठकमा गिरीलाई बोल्न दिन खोजेका थिए। तर सांसदहरूले होहल्ला गरेका थिए। होहल्लापछि सभामुखले रुलिङबारे जानकारी गराएका थिए।

समाजवादी पार्टीले सांसदहरूलाई संविधान संशोधनको पक्षमा उभिन ह्विप जारी गरेको छ। तर उनले ह्विप नमान्ने बताइसकेकी छिन्।

तपाईको प्रतिक्रिया