काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले सुर्खेतका २८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेका छन् ।

जेठ ८ गते भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसेका उनको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर गएका थिए। घर पुगे लगत्तै उनको मृत्यु भएको र पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए। 

तपाईको प्रतिक्रिया