काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। 

अध्यक्ष दाहाल कलाकार, म्युजिक डाइरक्टर एवं रचनाकार पनि हुन् । तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि पाँच महिनासम्म बोर्ड अध्यक्षविहीन भयो । बोर्ड अध्यक्ष बन्न दसजनाले आवेदन दिए पनि दयारामसहित तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो। 

तपाईको प्रतिक्रिया