काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख समेत रहनुभएका लोकप्रिय सङ्गीतकार अशोककुमार राईले सङ्गीत भर्नाका साथै सङ्गीत संयोजन गरेका हुन्।

गीतमा सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयासी चेम्जोङले स्वर दिएका छन्। छरिएर रहेका गायकगायिकालाई मोबाइलमा स्वर भर्न लगाएर सङ्गीतकार राईले तिनलाई संयोजन गरेका हुन्।

गीतमा स्वदेशमा श्रम, विकास निर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दो अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ जुन उनले आफू प्रधानमन्त्री भएपछि ल्याएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अवधारणामा नै आधारित छ।

भिडियो…..

तपाईको प्रतिक्रिया