मीन बहादुर थापा,

घाँस खानेको राज्य ब्याबस्था भनेको गणतंत्र हो जहां धर्म हुँदैन, आफ्नो भाषा हुँदैन, आफू बस्ने गोठ कस्ले बनाई दियो थाहा हुँदैन । गोठको झाले,माले, तारे गोरु र यिनीहरु एकै हुन् । तेसैले यिनीहरु गोठ बनाउने राष्ट्रपिताको शालिक ढाल्छन्, धर्म फाल्छन् र आफ्नो पहिचान के हो चिन्दैनन् ।

संबिधान नियम कानून र राज्यका सबै अंगहरु बिशेष सरकार र सरकार बनाउने दलले , त्यसपछि प्रतिपक्ष र उसको दलले, बांकी रहेको सबै रहलपल गणतंत्र र धर्म निरपेक्ष मान्नेहरुले मात्रै उपयोग गरी बांकी आम नेपाली नागरिकलाइ निरिह, बिचारा मात्रै बनाउने हो भने संबैधानिक राजसंस्था र धार्मिक स्वतंत्रतासहितको हिन्दू अधिराज्य लाखौ गुना राम्रो हो । मेरो अहिलेसम्मको, गणतंत्र आगमनपछिको निर्क्योल यही हो । जतिबेला राजा पृथ्बी नारायण शाहले नेपाल एकीकरण गरेर एउटा सबल राष्ट्र बनाए ।

त्यतिबेला पनि अहिलेका जस्तै गणतन्त्रे झल्लू राम नेता नभएका होईनन् । एउटा स्वतन्त्र सर्बशक्तिमान राष्ट्र नहोस् भनेर कहिले अंग्रेज कहिले भोट तीर नलागेको पनि होइनन् । तिनको जिन र यिनको जिन जाँच्ने हो भने पक्कै मिल्छ । संबिधान पनि बिदेशीको सल्लाहमा बनाएकै हुन्, २०४६ सालको नाकाबन्दीलाई स्वागत गरेकै हुन् , १२ बुँदे सम्झौता बिदेशीको निर्देशनमा गरेकै हुन्, बिदेशी भूमिमा बसेर माओवादीले राष्ट्रिय सम्पत्ती लुटी नेपाली जनता मारेकै हुन् । अनि राष्ट्रबादको ठूला ठूला गफ हाँक्ने ?? बात कर्ता है !!

तपाईको प्रतिक्रिया