काठमाडौं – पछिल्लो समय सामाजिक सञ्जालमा क्वारेन्टाइन बसाइँमा कालो चिया बनाउन सिके भनेर दिएको अभिव्यक्तिलाई लिएर अभिनेत्री रीमा विश्वकर्माकाे ट्रोल बनिरहेको छ ।

सामाजिक सञ्जालमा निकै ट्रोलहरु आएपछि रीमाले फेसबुकमा स्टाटस नै लेखिन् । उनले लेखेकी छिन्, ‘मैले कालो चिया बनाउन सिकेको हुँ, कालो बम होइन । कृपया यसलाई बम नबनाउनु होला ।’उनले आफूले कालो चिया बनाउन सिकेको कुरालाई लिएर धेरै ट्रोल नगर्न पनि आग्रह गरेकी छन्।
फेसबुक लाइभमा आएकी रीमालाई उनका शुभचिन्तकले प्रश्न सोधेका थिए, ‘क्वारेन्टाइन बसाइँमा के पकाउन सिक्नुभयो ? यस प्रश्नको उत्तरमा उनले आफूले कालो चिया बनाउनको सिकेको बोलेकी थिइन् । जुन कुराले मिडियामा पनि स्थान पायो ।