काठमाडौँ – दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको संख्या थपिँदै गएपछि दोस्रोपटक पुनः चैत २५ गतेसम्म थपेको थियो ।

त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय वैशाख ३ गतेसम्मको लागि थप्ने निर्णय गरेको हो । 

तपाईको प्रतिक्रिया