काठमाडौं – नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो ।

निज संक्रमित व्यक्ति पनि यसअघि दोहाबाट कतार एयरको चैत्र ४ गतेको क्यू आर ६५२ आएको उडानबाटै आएको बताइएको छ ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ।

पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया