काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले ‘कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दुई करोड सहयोग गरेका छन्।

मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमानी कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् ।‘आपत-विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं,’ जारी सन्देशमा भनिएको छ ।

आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दु:खको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न अनुशासन तथा धैर्यता देखाएको पनि उनले बताएका छन्।

तपाईको प्रतिक्रिया