मुम्बई – बलिउडकर्मीहरू आआफ्नै ढंगले भारतमा कोरोना भाइरससँग लड्न सहयोग गरिरहेका छन्। अभिनेता अक्षयकुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु सहयोग गरेको भनेर चर्चामा छन्। तर आर्थिक सहयोग मात्रै सबथोक होइन।


अहिले विभिन्न अस्पतालका स्वास्थ्यकर्मी ज्वरो आएको बिरामीलाई छुन अन्कनाइरहेको बेला बलिउड अभिनेत्री शिखा मल्होत्रा भने बिरामीको सहयोगका लागि नर्स बन्न अघि सरेकी छन्।

शिखाले आफू बलिउडमा आउनुअघि नर्सको तालिम लिइसकेको बताएकी छन् । उनले वद्र्धमान महावीर मेडिकल कलेज र नयाँ दिल्लीस्थित सफदरगञ्ज अस्पतालबाट सन् २०१४ मा नर्सिङ पढेकी थिइन्। तर अभिनयका कारण उनले आफ्नो नर्सिङको पढाइ पूरा गर्न सकेकी थिइनन्। यस्तोमा उनले देशको स्थिति हेर्दै कोरोना संक्रमितको हेरविचार गर्ने उदाहरणीय काममा लागेकी हुन्। उनी यतिबेला मुम्बईको जागेश्वरी इस्टस्थित हिन्दू हृदय सम्राट् बालासाहब ट्रमा अस्पतालमा स्वयम्सेवक नर्सका रूपमा कार्यरत छिन्। -एजेन्सी

तपाईको प्रतिक्रिया