काठमाडौं – सरकारले सहरी क्षेत्रमा रहेका श्रमिकहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित घरधनीलाई आग्रह गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले एक महिनाको घर भाडा छुट दिँदा घरभाडा करमा समेत सरकारले छुट दिने निर्णय गरेको हो।

त्यस्तै निजी विद्यालयहरूले माध्यामिक तहसम्मको एक महिनाको शुल्कमा आवस शुल्कबाहेक सबै छुट दिने पनि बैठकले निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया