काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ। बुधबार सरकारले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गरेको हो।

सो निर्णयको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी गराएका थिए ।

चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुने एसईईमा प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको थियो । बिहीबार अर्थात् चैत ६ गतेदेखि तोकिएको परीक्षा अर्को निर्णय नभएसम्मका निम्ति स्थगित भएको हो ।

तपाईको प्रतिक्रिया