काठमाडौं – गायिका मेलिना राइ र मनिस श्रेष्ठको स्वरमा रहेको गीत ‘फिक्का लाग्छ’ सार्वजनिक भएको छ । गायक स्वंम को शब्द तथा संगीत, उदयराज पौडेलको एरेञ्ज र श्याम स्वीट रसाइलीको मिक्सिङ र मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मनिस श्रेष्ठकै निर्देशन रहेको गीतको भिडियोमा करिब १२ वर्ष देखि अमेरिकामा रहेर मोडलिङ र आफ्नो पढाइलाई निरन्तर दिइरहेका जीवन गुरुङ र पछिल्लो समय निक्कै व्यस्त चर्चित मोडल छिरिङ शेर्पालाई फिचरिङ गरिएको छ ।
चक्र बराल (बासु)को छायाांकन रहेको भिडियोमा सिलन लम्सालको सम्पादन रहेको छ । उक्त भिडियो पोखरा र मुस्ताङका रमणीय स्थानहरुमा छायांकन गरिएको हो।

भिडियो….

तपाईको प्रतिक्रिया