काठमाडौं – नेपाली कथानक चलचित्र ‘बैना बट्टा’ को च्यारिटी शो राजधानिको नाचघर जमलमा सम्पन्न भएको छ ।

प्रेमराज लावतिले निर्माण गरेको चलचित्रमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मोक्तान, रस्मिला तामाङ, अर्जुन श्रेष्ठ, नरेश वनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ लगाएतका कलाकारहरुको अभिनय छ।

नेपालको पूर्वी जिल्लामा बसोबास गर्ने आदिवासी समुदायमा रहेको एक मौलिक प्रथा ‘बैनाबट्टा’ माथी रहेर फिल्म निमार्ण गरिइएको हो । यसै प्रथा र बिगतमा जातियताको लडाइँको क्रममा के के भए ? भन्ने विषयलाई मुल रुपमा चलचित्रमा उठाएको छ । सुम्हात्लुङ फिल्मस् प्राली को ब्यानरमा बनेको बैनाबट्टालाई राज चाम्लिङले निर्देशन गरेका हुन् ।

उक्त फिल्म अत्यन्तै रमणिय पर्यटकीय स्थलहरु इलाम, पाँचथर र ताप्लेजुङ लगायतका ठाउँहरुमा छायांकन गरिएको छ ।

भिडियो….

तपाईको प्रतिक्रिया