यस वर्षको एफ एल एफ अवार्ड २०२० मा सर्वोत्कृष्ट नायकको उपाधि लिम्बु चलचित्र “केःसाङ्ला” का नायक भीम तुम्बाहाम्फेले जितेका छन् ।

भाषा संस्कृतिको विकास र विस्तार भन्ने नाराका साथ आयोजित तेस्रो एफएलएफ अवार्डमा नायक तुम्वाहाम्फेसंगै चलचित्र केःसाङ्लाबाट लोकेन सांवा लिम्बुले उत्कृष्ट कथा र भूपेन्द्र तुम्वाहाम्फेले उत्कृष्ट छायांकारको अवार्ड जिते । फाल्गुनन्द लिङ्देन फिल्मसले आयोजना गरेको उक्त अवार्डमा ७ वटा लिम्बु चलचित्र र २० वटा लिम्बु भाषामा बनेका म्युजिक भिडियोहरुले प्रतिस्पर्धा गरेका थिए ।
लोकेन सांवा लिम्बुद्धारा निर्देशित लिम्बु सांस्कृतिक चलचित्र केःसाङ्लामा भीम तुम्वाहाम्फे, लक्ष्मी योङ्हाङ्, विशाल सेनेहाङ्, दिनेश माङ्मु, गंगा तुम्वाहाम्फे, सनम पहाङ्गोलगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ ।

नेपालका विभिन्न शहरहरु, हङकङ, दक्षिण कोरियामा भव्य प्रर्दशनपछि हाल भारतको आसाम राज्यको विभिन्न स्थानहरुमा उक्त चलचित्र प्रर्दशन भईरहेको छ । त्यसैगरी चलचित्र केःसाङलामा समाविष्ट गीत “तरेमे”बाट गायक निर्मल सुब्बाले पब्लिक अवार्ड जित्न सफल भए । सो अवार्ड कार्यक्रमको प्रमुख अतिथि नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका थिए ।

तपाईको प्रतिक्रिया