काठमाडौँ – माईबेनीको मेलैमा, नआए हुन्थ्यो, आदि चर्चित गीतहरू गई सकेका तेजन लिम्बूले सुनिता योङ्हाङको साथमा ‘लुङ्मा पहिम’ बोलको लिम्बू गीत-भिडियो ल्याएका छन् । तेजनलाई साथ दिने सुनिता योङ्हाङको भने यो डेब्यु हो ।

खगेन्द्र पन्धाक लिम्बूको शब्द, सङ्गीत रेकर्ड भएको यो गीतको भिडियो निर्देशन पनि खगेन्द्र पन्धाक लिम्बूले नै गरेका हुन् । बिबी लिम्बू, पर्शुराम लिम्बू र खगेन्द्र पन्धाक लिम्बूले छायाङ्कन सम्पादन गरेका हुन् । यस गीतमा गायक द्वय तेजन लिम्बू र सुनिता योङ्हाङले नै अभिनय गरेका छन् । अर्को रोमान्छक कुरा चाहि तेजन र सुनिता वास्तविक जीवनका पनि जोडी हुन् । यस गीती भिडियोलाई हाइलाइट्स नेपालले विश्वब्यापी रुपमा सार्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया