राजधानीको सुन्धारामा शुक्रबार बिहान भएको सडक दुर्घटनामा परी एक जनाकोज्यान गएको छ।
ट्राफिक प्रहरी कार्यालय जनसेवाका प्रमुख प्रहरी निरीक्षक राजकुमार रावलका अनुसार बिहान सवा १० बजेतिर नागस्थानबाट वीर अस्पतालतर्फ आइरहेको ना २ ख ४२२२ नम्बरको पानी बोक्ने ट्यांकरले सोही दिशाबाट आइरहेको बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्यांकरको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी काभ्रे, पनौती-१० की २३ वर्षीया सुनिता खत्री गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि ट्रमा सेन्टरमा लगिएकी उनको उपचारको क्रममा मृत्यु भएको रावलले जानकारी दिए।

घाइते भएका मोटरसाइकल चालक रामशरण केसीको अहिले उपचार भइरहेको छ।

प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया