काठमाडौं – प्रत्येक महिनाको अन्तिम बिहिबार सम्पन्न हुने ‘सुर –साधना’ को दशौँ श्रीङखला अन्तरर्गत गायक जसराज राइको एकल साझ सम्पन्न भएको छ ।

सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा उक्त कार्यक्रमको दशौं शृंखलामा गायक राइले एक दर्जन भन्दा बढी गीतहरु प्रस्तुत गरेका थिए । संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा आकाश थापा , मधु गुरुङ ,गंगा राई र निता राइले केही गीतहरुमा साथ दिएका थिए ।

उक्त कार्यक्रममा प्रत्यक्ष वाद्यबादनका साथमा ‘छोडी आए’ बोलको गीतबाट आफ्ना प्रस्तुति शुरुवात गरेका गायक राइले ‘रौताको हावाले’ ‘बाली बचन’ ‘ माया मनभरी’ ‘ पुर्वै सुनकोशी’ आदि गीतहरु प्रस्तुत गरेका थिए ।

गायक राइलाई अक्टोप्याडमा भागिरथ शुस्लिङ्ग,ढोलकमा दिपेन्द्र बज्राचार्य, गिटारमा लोकराज राई,बाँसुरीमा दुर्गा प्रसाद खतिवडा र कृष्ण गुरुङ, किबोर्डमा रोहित सुवेदी,मादलमा खर्क बुढा ,तबलामा नरेश प्रजापति र हार्मोनियममा तिर्थराज पोख्रेलले साथ् दिएका थिए ।

तपाईको प्रतिक्रिया