सुनको मूल्य एकैदिन ११ सयले बढ्यो : तोलाको कति पुग्यो ?

सुनको मूल्य एकैदिन ११ सयले बढ्यो : तोलाको कति पुग्यो ?
काठमाडौं  - नेपाली बजारमा १० दिनदेखि ओरालो लागेको सुनको भाउ ११ सयले बढेको छ।आइतबार ४ सयले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा ११ सयले बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाउमा पनि वृद्धि भएको छ। आज चाँदी तोलाको ८६५ रुपैयाँमा किचबेच भइरहेको छ।आइतबार चाँदी  तोलाको ८४० रुपैयाँमा कारोबार भएको थियो।

जहाजमा मन्‍त्रीसँग यात्रुको आक्रोश : नेपालगञ्‍ज विमानस्थलमा भएको के हो ?

जहाजमा मन्‍त्रीसँग यात्रुको आक्रोश : नेपालगञ्‍ज विमानस्थलमा भएको के हो ?
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसँग जहाजभित्रै यात्रुहरू आक्रोशित बनेको तर भट्टराई चुपचाप बसेको भिडियो अहिले सोसल मिडियामा भाइरल बनेको छ। भिडियोमा यात्रुहरू मन्त्रीले जहाज ढिला गराइदिएको भन्दै भट्टराईसँग रिसाएका छन्। 'एक घण्टासम्म प्लेन रोक्ने ? कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि कहाँ हुनुहुन्थ्यो?', भिडियो खिच्दै गरेका व्यक्ति आक्रोशित हुँदै मन्त...

बार्सिलोनाको सानदार जित

बार्सिलोनाको सानदार जित
लुईस स्वारेजले दुई गोल गरेको खेलमा साविक विजेता बार्सिलानाले स्पेनिस ला लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोलले हरायो । बार्सिलोनाको जितमा लुईस स्वारेजले दुई, अन्शु फाती, डी जोङ र जेरार्ड पीकेले एक एक गोल गरे । भ्यालेन्सियाका लागि केभिन गामिरो र म्याक्सी गोमेजले एक एक गोल गरे । पहिलो रोजाईमा परेको बार्सिलोनाका १६ बर्षीय फा...

अबको पचास वर्ष कम्युनिस्टको सरकार : अध्यक्ष प्रचण्ड

अबको पचास वर्ष कम्युनिस्टको सरकार : अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिस्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिस्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् ।  झापाको विर्तामोडमा शनिबार आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिस्ट शक्तिले सरकारको नेतृत्व गरेको नर...

ओलम्पिक कमिटी अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी

ओलम्पिक कमिटी अध्यक्षमा जीवनराम श्रेष्ठ विजयी
काठमाडौं - नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ ७ मतान्तरले विजयी भएका छन् । प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले १० मत ल्याउँदा जीवनरामको १७ आएको थियो । उक्त कमिटीमा २७ मत थिए । यसअघि पनि निर्वाचित श्रेष्ठ ओलम्पिक कमिटीको अध्यक्ष थिए । महासचिवमा जीवनराम प्यानलकै लिलेन्द्रराज श्रेष्ठ निर्वाचित भए । उनले उमेशलाल प्यानलका उम्मेदवार पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पराजित गरे । ५ उपाध्यक...

साँझसँगै टिपरको कब्जामा काठमाडौं

साँझसँगै टिपरको कब्जामा काठमाडौं
काठमाडौं  - भदौ ८ गते रातको १० बज्दै थियो, सडकमा त्यति चाप थिएन। पुछाङ भोटे अफिसको काम सकेर तीनकुनेबाट बा३८प २३९३ नम्बरको बाइकमा बिस्तारै जोरपाटीतिर लागे। तर उनको यात्रा बीचमै टुंगियो। सडक कब्जा गरेर अन्धाधुन्ध हुइँकिएको टिपरको निर्मम सिकार बने उनी। तीनकुनेबाट गौशाला जाँदै गरेको बा३ख ४३१७ नम्बरको टिपरले सिनामंगलमा उनको मोटरसाइकललाई ठक्कर दियो। मोटरसाइकल कच्याककुचुक भयो, संखुवासभा भोटखोलाका पुछ...

गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै

गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै
अत्तरिया - कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशम्शेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन गर्भा दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । दरबार संरक्षणमा ध्यान नदिँदा दिन प्रतिदिन भत्किने क्रममा रहेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय संभावना बोकेको राणाकालीन ऐतिहासिक दरबार ख...

अस्पतालमा बिरामी, क्लिनिकमा डाक्टर

अस्पतालमा बिरामी, क्लिनिकमा डाक्टर
बुटवल - सोमबार बिहान ११ बजे। लुम्बिनी प्रादेशिक अस्पतालको स्त्री तथा यौन रोगको ओपीडी अगाडि ठेलमठेल भीड छ। गर्भवती र अन्य महिला तथा पुरुषहरू चिकित्सकको पर्खाइमा छन्। त्यही भीडमा उभिएकी छन्, बुटवल जानकीनगरकी गीता बोहोरा। उनी अस्पताल आएको दोस्रो दिन हो। आइतबार गर्भ परीक्षणका लागि आएकी उनको एक्सरे रिपोर्ट डाक्टरले हेर्न भ्याएनन्। अनि सोमबार बिहान १० बजे नै अस्पताल पुगेकी हुन्। अघिल्लो दिन बिहान सा...

सिलगुढी–काठमाडौँ बस सञ्चालनको विरोध

सिलगुढी–काठमाडौँ बस सञ्चालनको विरोध
झापा - पन्ध्र दिन अघि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् ।  भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौँ बस सञ्चालनले काँकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी बन्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएका हुन् । उनीहरुले ‘काँकडभिट्टा बचाऊ सरोकार समिति’ नै गठन गरेर विरो...

फेरी बढ्यो सुनको भाउ, बजार मूल्य यस्तो छ

फेरी बढ्यो सुनको भाउ, बजार मूल्य यस्तो छ
काठमाडौं - नेपाली बजारमा सुन तोलामा २ सय रुपैयाँले बढेको छ। आइतबार तोलामा ५ सयले घटेको सुन सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन तोलाको ७१ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर ८८० रुपैयाँमा कारोबार भइरहेको छ।