तीनकुने जोगाउन सकस

तीनकुने जोगाउन सकस
चिनियाँ राष्ट्रपति सी चिनफिङले के–के दिए, दिएनन् त्यो धेरैको सम्झनामा नहोला र हुँदैन पनि। तर उनी आउँदा बडो सकसले रातरात सिँंगारिएको तीनकुने पार्क जोगियो भने त्यसको सानो श्रेय सीलाई पनि जान्छ होला। सी फर्किनासाथ तीनकुने पार्कलाई पुरानै हालतमा फर्काउन एउटा ठूलो जमात लागेको थियो। त्यही जमातको इसारामा त्यहाँका रोपिएका दुबो बिरुवा तथा अन्य सामान रातरात चोरी पनि भए। नागरिकस्तरमा व्यापक खबरदारीसँगै स...

दर्शकको मन जित्दै राम लिम्बू

दर्शकको मन जित्दै राम लिम्बू
काठमाडौं- झापा बिर्तामोडका राम लिम्बू (वनेम फागो) को लोभ लाग्दो गायन कलाले दर्शकको मन जित्दै टप १० मा पर्न सफल भएका छन् । हिमालयन टेलिभिजनमा प्रशारण हुदै आईरहेको चर्चित रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन–२ मा आफुलाई अब्बल साबित गर्दै सानै उमेरका लिम्बू ठूलो सपना बोकेर द भ्वाइस अफ नेपालमा प्रबेश गरेका छन् । उनले कुनै पनि गीत संगीत सम्बन्धि तालिम लिएका छैनन् , तर पनि स्टेज तताएर जर्ज र द...

निजामती सेवामा झण्डै १२ सय नयाँ कर्मचारी लिइँदै

निजामती सेवामा झण्डै १२ सय नयाँ कर्मचारी लिइँदै
काठमाडौं- अघिल्लो वर्ष कर्मचारी भर्ना गर्न नपाएको लोक सेवा आयोगले यसपटक आफ्नो कार्यतालिका अनुसार नै भर्ना प्रक्रिया अघि बढाएको छ । कर्मचारी भर्नाका लागि विभिन्न मन्त्रालयले अहिले धमाधम सामान्य प्रशासन मन्त्रालयमा रिक्त दरबन्दीको विवरण बुझाइरहेका छन् । मन्त्रालयहरुले विवरण पठाउने क्रम जारी रहेकाले आयोगले कति संख्यामा विज्ञापन खुलाउँछ भन्ने यकिन भइसकेको छैन । कर्मचारी समायोजनका क्रममा केन्द्रमा साढ...

बाइकको ‘लुकिङ ग्लास’ दुरुस्त नभए ट्राफिक कारवाही

बाइकको ‘लुकिङ ग्लास’ दुरुस्त नभए ट्राफिक कारवाही
काठमाडौं - मोटरसाइकल चलाउँदा लुकिङ ग्लासको महत्व निकै हुन्छ । तर, पछिल्लो समय विशेष गरी युवापुस्तामा बाइकडको लुकिङ ग्लास तन्दुरुस्त अवस्थामा राख्ने भन्दा पनि वेवास्ता गर्ने क्रम बढेको छ । पछाडिको दृष्य सहज रुपमा देख्न सकिने लुकिङ ग्लासको महत्व नबुझ्दा कहिलेकाँही दुर्घटनासम्म हुने गरेका छन् । तर, अब बाइकको लुकिङ ग्लास तन्दुरुस्त अवस्थामा नराख्ने चालकलाई ट्राफिक प्रहरीले कार्वाही गर्ने नीति लिएक...

सहयोग पाउँदैनन् लैंगिक हिंसापीडित

सहयोग पाउँदैनन् लैंगिक हिंसापीडित
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पीडितलाई सहयोग गर्न लैगिक हिंसा निवारण कोष खडा गरेको छ तर यसको लाभ अधिकांश पीडितले पाएका छैनन् । काठमाडौँ - थापाथलीस्थित प्रसूतिगृहले शुक्रबार अछाम रामारोसनकी १२ वर्षीया बालिकाको ५ महिनाको गर्भ पतन गरायो । जबर्जस्ती करणीमा परेर गर्भवती भएकी ती बालिका पीडकबारे बताउन सक्दिनन् । उनका बाआमा पनि बोल्न सक्दैनन् । साताअघि ठूलोबुबाले उनलाई उपचारका ल...

अब कारागारमै प्रजनन सुख

अब कारागारमै प्रजनन सुख
गर्भवती बन्दीलाई ६० दिन घर बिदा दिने व्यवस्थासहितको विधेयक तयार काठमाडौँ - अब पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान सुखबाट वञ्चित हुनुपर्ने छैन । बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउँछिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । कारागार परिसरभित्रै उनीहरूले यौन सम्पर्क राख्न पाउनेछन् ।  त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा पाउनेछन् । सुत्केरी हुँदा...

फिल्मको संवादले विवाद

फिल्मको संवादले विवाद
मुम्बई - कार्तिक आर्यन, अनन्या पाण्डे र भूमि पेडनेकर स्टारर ‘पति पत्नी र वो’ फिल्ममा वैवाहिक सम्बन्धबारेको संवाद विवादमा आएको छ । आगामी मंसिरको तेस्रो साता प्रदर्शन हुने फिल्मको ट्रेलर रिलिज भएपछि दर्शकले यसको संवादमा आपत्ति जनाएका छन् । अभिनेता कार्तिक आर्यनले एक संवाद बोलेका छन्, जसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । ट्रेलरमा कार्तिक ‘भन्छन्, पत्नीसँग शारीरिक सम्बन्धको इच्छा राखि...

जित जोगाउने दाउमा नेकपा

जित जोगाउने दाउमा नेकपा
काठमाडौं - नेकपाले विगतमा आफूले जितेका स्थानमा उपनिर्वाचन ‘जसरी पनि’ जित्ने रणनीति लिएको छ। यहीअनुसार निर्वाचन रणनीति बनाई परिचालन हुन नेकपाले पार्टी पंक्तिलाई निर्देश गरेको छ। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरी २ कात्तिकमा विशेष परिपत्र–५ पठाएका थिए। ‘हिजो विजयी बनेका स्थानहरूमा पार्टीलाई पुनः विजयी बनाउने र नयाँ ठाउँहरूमा पनि पार्टीको जित सुनिश्चित गर्दै पार्टीप्रतिक...

लाजमर्दो सरकारी सेवा

लाजमर्दो सरकारी सेवा
बर्दिबास - भाडामा लिइएको सरकारी कार्यालयको सानदार पक्की घर छ। सेवाग्राहीलाई सेवा दिन कर्मचारी पनि सधैं आउँछन्। तर चार वर्षदेखि सेवाग्राही भने रित्तै हात फर्किन बाध्य छन्। यस्तै लाजमर्दो अवस्था छ, महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयको। सेवा दिन नसकेपछि कर्मचारीले झुन्डिएको कार्यालयको बोर्ड झिकेर कार्यालयभित्र राखेका छन्। नापीको सेवा दिन सेवाग्राही ४२ किलोमिटर टाढा जलेश्वर जान बाध्य छन्। ...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ
सल्यान -कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कुमाख गाउँपालिका-५ बस्ने ६९ वर्षीय तिलु मल्ललाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्दामा २०७१ माघ २ गतेदेखि फरार रहेका मल्ललाई प्रहरीले खोजी गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।