कैलाशयात्रामा भारतीय पर्यटकलाई शुल्क बढ्यो, व्यवसायीलाई तनाव
काठमाण्डौ, चीनको तिब्बतस्थित कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकलाई रकम बढाएसँगै नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।
नेपालको हुम्ला–सिमिकोट र रसुवाको केरुङ र ल्हात्सा हुँदै कैलाशयात्राका लागि जाने भारतीय पर्यटकलाई चीनको फरएन एक्सचेन्ज सेन्टरले एक्कासि रकम बढाएपछि नेपाली व्यवसायी चिन्तित बनेका हुन् । उक्त सेन्टरले भारतीय पर्यटकलाई प्रतिव्यक्ति ७८० अमेरिकी डलर एकैपटक बढाएको छ । अन्य द...