सल्यान -कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कुमाख गाउँपालिका-५ बस्ने ६९ वर्षीय तिलु
मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्दामा २०७१ माघ २ गतेदेखि फरार रहेका मल्ललाई
प्रहरीले खोजी गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको
हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय
सल्यानले जनाएको छ ।

तपाईको प्रतिक्रिया