काठमाडौं – बारा र महोत्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको
मृत्यु भएको छ ।
बारा, कोल्बी नगरपालिका-१ स्थित बसपार्कमा ना.३ ख ६३८६ नम्बरको बस पार्किङ
गर्ने क्रममा बसले ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २३ वर्षीय पुरुषको
बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ

महोत्तरी, बर्दिवास नगरपालिका-११ स्थित सडकमा ज.४ प २३९० नम्बरको
मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक
बर्दिबास नगरपालिका-४ बस्ने १९ वर्षीय कलजित महत्तो र मोटरसाइकलमा सवार गौशाला
नगरपालिका-४ निगौल बस्ने ३० वर्षीय दिलिप महत्तोको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा
उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया