काठमाडौं – गैरआवासीय नेपाली संघ(NRNA)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। प्रतिस्पर्धी कुल आचार्यलाई पछि पार्दै पन्त विजयी भएका हुन्।  पन्तले १०९४ र आचार्य ९५९ मत पाएका छन् ।

काठमाडौंको हायात होटलमा बुधबारदेखि सुरु नवौ महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन गरेको थियो । गोरखामा जन्मिएका पन्त हाल जर्मनीमा व्यवसाय गर्छन् । 

निर्वाचित पदाधिकारीको सूची

अध्यक्ष – कुमार पन्त

उपाध्यक्ष – बद्री केसी

उपाध्यक्ष – अर्जुन कुमार श्रेष्ठ

उपाध्यक्ष – सोनम लामा

उपाध्यक्ष – मन केसी

उपाध्यक्ष – रविना थापा

महासचिव – डा. हेमराज शर्मा

सचिव- गौरी जोशी

सचिव – आरके शर्मा

कोषाध्यक्ष- महेश श्रेष्ठ

सह कोषाध्यक्ष- लोक दाहाल

तपाईको प्रतिक्रिया