धनुषा -जनकपुर उपमहानगरपालिका-१४ बाट महोत्तरी जलेश्वर नगरपालिका-९ बस्ने २१ वर्षीय आनन्द पाठकलाई कटुवा पेस्तोल १ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र वडा प्रहरी कार्यालय मुजेलियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ज.११ प ४६५० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पाठकले कम्मरमा लुकाई राखेको उक्त पेस्तोल फेला पारेको  हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया