ताप्लेजुङ – लिम्बु विद्यार्थी मञ्चको केन्द्रीय अध्यक्षमा दीपा लक्सम निर्वाचित भएकी छन्। सोमबार ताप्लेजुङमा सम्पन्न नवौं महाधिवेशनले आगामी कार्यकालका लागि लक्समको नेतृत्वमा २७ सदस्यीय समिति चयन गरेको हो।

अधिवेशनले वरिष्ठ उपाध्यमा नितेश सिंगक, उपाध्यक्षहरूमा विक्रम शेर्मा, रामकुमार लिङदम, राजेश इवाहाङ, दमन्ता साँवा र मोहन मावो, महासचिवमा गुल्सन आङबुहाङ, उपमहासचिवमा प्रदिप नयोङ र सागर सरगम चेम्जोङ सर्वसम्मत निर्वा्चित भएका छन् । त्यस्तै गरि सचिवमा सेमि तुम्वापो, तारावीर मोरोहाङ, प्रविण सेलिङ, डिल्ली लुङफ्ङवा रहेको छ भने कोषाध्यक्षमा मन कुमार योङहाङ रहेका छन् ।

त्यस्तै सदस्यहरूमा सितकुमार थेगिम, जुनु खापुङ, सन्तोशी लिङदेन, सोममाया लिम्बु, संजिव लिम्बु, स्मृति कन्दङवा, रेखा लावती, श्री लिङखिम, मेरिता लिम्बु, उपेन्द्र यक्सो, मनु लिम्बु र दिवस लावती सर्व सम्मत निर्वा्चित भएका हुन् ।

मञ्चको मुख्य उद्देश्य लिम्बु भाषामा व्यवहारिक शिक्षामा लागिपर्ने नवनिर्वाचित अध्यक्ष लक्समले बताइन्।

तपाईको प्रतिक्रिया