एजेन्सी । भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजलाई श्रद्धान्जली दिदैं भूटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले एक मठमा प्रर्थनासभा आयोजना गरेका छन् ।

विहिबार भएको सभामा सुष्माको तस्वीरको अघि घ्यूको हजार दियो जलाइएको थियो । राजा जिग्मेले भारतीय सरकार र सुष्माको परिवारलाई शोक सन्देश पनि पठाएका छन् ।

सुष्माको निधन अगस्ट ७ को रात दिल्लीमा भएको थियो । भूटानका राजाले सुष्मा विदेश मन्त्री हुदाँ भारतको यात्रा थिए । उनीसँग परिवारका सदस्य पनि थिए । यस भ्रमणमा भूटानका राजा र राजकुमारसँगको सुष्माका केही तस्विर समाजिक संजालमा भाइरल भएको थियो ।

भूटानका प्रधानमन्त्री लोटे छिरिङले सुष्माको मृत्युमा छुट्टै शोक सन्देश जारी गरेका छन् । त्यसमा भनिएको छ ,‘ सुष्माको निधन भाजपाको लागि मात्र होइन, सम्पूर्ण भारतको लागि ठूलो क्षति हो । उनले दुवै देशको सम्बन्धलाई अघि बढाउन उलेखनीय भूमिका निभाईन् । उनी हाम्रो असल मित्रजस्तै थिइन् । ’

संयुक्त राष्ट्र संघका ५० देशका राजनेताद्वारा सुष्माप्रति श्रद्धान्जली
उता, संयुक्त राष्ट्र संघमा संलग्न ५० देशका राजनेताले भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वाजको निधनमा श्रद्धान्जली व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्र संघमा भारतका राजदूत तथा स्थायी प्रतिनिधि सैयद अकबरुद्दिनले शनिबार ट्विटरमा एउटा भिडियो पोष्ट गरेका छन् जसमा विभिन्न देशका राजनीतिज्ञले सुष्मालाई व्यक्त गरेको सन्देश देखाइएको छ ।

यीनमा देशमा जर्मनी, घाना, इटाली, क्यूबा, अफगानिस्तान, अस्ट्रेलिया, बंग्लादेश, नेपाल, रुस, यूएई, माल्दिभ्स, न्यूजिल्याण्ड आदी देशका राजनेताहरु सामेल छन् ।

तपाईको प्रतिक्रिया